तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण सप्तरीका २४ वर्षीय युवकको मृत्यु

सप्तरी । कोरोना भाइरस सङ्क्रमणका कारण सप्तरीका एक जना २४ वर्षीय युवकको मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका सप्तरीको अग्निसाइर कृष्णासवर गाउँपालिका वडा नम्बर ५ का युवकको आज (बिहीबार) बिहान मृत्यु भएको हो ।

वैशाख ९ गते सङ्क्रमण पुष्टि भएपछि उनलाई १३ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेहका बिरामी समेत रहेका युवकको उपचारकै क्रममा बिहान १२ः०० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणि पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button