सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार तोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्