तपाईँ सुन्दै हुनुहुन्छः

टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने

काठमाडौं।उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ ।

चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । शुक्रबार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ ।

वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा समापन गरिन्छ । जात्राका बीच आजदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि बाँकी विधि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डबमोजिम भौतिक दूरी कायम गरी मास्क, स्यानिटाइजरलगायत सुरक्षा विधि उपयोग गरेर गरिने उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button