तपाईँ सुन्दै हुनुहुन्छः

थ्री नेसन्स कपका उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिइने

काठमाडौँ । सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ ।

बुधवार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले खेलकुद मन्त्रालयको प्रस्तावमा थ्री नेसन्स विजेता टोलीलाई प्रतिव्यक्ति ४ लाख दिने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै तीन जना प्रशिक्षकलाई जनही २ लाख दिने निर्णय भएको छ । यस अघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो । दशरथ रङ्गशालामा फाइनलमा बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बङ्गलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button