देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण, १७ जनाको मृत्यु

काठमाडौँ । आज देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१३ हजार ८ सय ७९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९ सय ५५ एन्टीजेन परीक्षण गर्दा १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा १ हजार ४ सय ६४, ललितपुरमा ३ सय ५१ र भक्तपुरमा २ सय ३२ गरी काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा सङ्क्रमण भएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ ।
हाल देशभर ३० हजार २ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।
सक्रिय सङ्क्रमित मध्ये ३ सय १७ जना गम्भीर प्रकृतिका बिरामीको आइसियु र ९८ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल काठमाडौँ उपत्यकासहित १२ जिल्लामा ५ सयभन्दा बढी सङ्ख्यामा सङ्क्रमितहरू उपचाररत छन् ।
कोरोना सङ्क्रमणका कारण आज थप १७ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ११ पुगेको छ ।
आज ७ सय ७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्