तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची एक साताका लागि बन्द  

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल सहितका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।
प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक प्रदान गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
शान्ति–सुरक्षा, विपद्, उद्धार लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवा वैशाख २२ गतेसम्मका लागि स्थगित गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी खनालसहित २८ जनामा मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अर्घाखाँचीमा अहिलेसम्म ८ सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएकोमा हाल ४९ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा १९ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button