तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

बाँके । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा थप २ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी २ सय ३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
वैशाख १३ गते सङ्कलन गरिएका २ सय ८८ जनाको स्वाबको नमुना जाँच गर्दा आज २ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
सङ्क्रमित हुनेहरूमा  १ सय ३९ जना पुरुष र ९४ जना महिला रहेका छन् ।
सङ्क्रमितहरू बाँकेका २ सय ८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button