तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड- १९ लाई मध्यनजर गर्दै बाजुराका विद्यालय बन्द

बाजुरा । कोभिड- १९ लाई मध्यनजर गर्दै बाजुरामा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएका छन्।
मङ्गलवार बसेको जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अर्को सूचना जारी नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बत्ताउनुभएको छ।
भौतिक उपस्थित हुने गरी पठनपाठन, कोचिङ सेन्टर, परीक्षा  सञ्चालन नगर्ने निर्णय गरेको भण्डारीले बताउनुभयो ।
बाजुरा जिल्लामा पछिल्लो समय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । भारतबाट बाजुरा आउनेको सङ्ख्या बढेसँगै बाजुरा र पनि कोरोनाको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button