बाँकेमा २ हप्तामा ६ सय २० जनाले कोरोना जिते
बाँके । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर चलिरहेका बेला बाँकेमा उपचाररत कोरोना सङ्क्रमित धमाधम निको हुँदै गएका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख १ गतेदेखि वैशाख १५ गते आज (बुधवार)सम्म बाँकेका कुल ६ सय २० सङ्क्रमितले कोरोना जितेका हुन् ।
यसरी कोरोना जित्नेमा ७ वर्षीया बालिकासहित ७५ वर्षीय वृद्धले कोरोना जितेका छन् ।
यसअघि सोमबार र मङ्गलवार गरी दुई दिनमै बाँकेमा उपचाररत २ सय ३१ जना सङ्क्रमितले कोरोना जितका थिए । जसमा सोमबार १ सय २५ जनाले र हिजो (मङ्गलवार) १ सय ६ जनाले कोरोना जितेका हुन् भने आज बुधवार ८८ जनाले कोरोना जितेर घर फर्केका छन् ।
आज कोरोना जित्नेमा ५१ पुरुष र ३७ महिला रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्