तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ ट्राफिक प्रहरीद्वारा तपाईँको मास्क खोइ ? अभियान संचालन 

सुनसरी । प्रदेश १ को ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीले प्रदेश १ भरी ‘तपाईँको मास्क खोइ ?’ नामक सचेतनामूलक अभियान चलाएको छ ।

पछिल्ला दिनहरूमा नेपालमा कोरोना भाइरसको दोस्रो लहर आई सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेपछि प्रदेश १ ट्राफिक प्रहरीले प्रदेशका १४ वटा जिल्लामा ‘तपाईँको मास्क खोइ’ भन्ने सचेतनामूलक अभियान संचालन गरेको हो ।

प्रदेश नं १ का अस्थायी ७३ र स्थायी १९ वटा गरी ९२ वटा युनिटमा सचेतना मूलक कार्यक्रम सञ्चालन भइरहेको  प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो  ।

अभियानमा ४ सय १० जना ट्राफिक प्रहरी परिचालित छन् । अभियानकाक्रममा मास्क नलगाएका पैदल यात्री र सवारी चालकहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनिवार्य रूपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै १६ हजार ९ सय ५५ थान मास्क वितरण गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button