कोरोना सङ्क्रमणबाट बाँकेमा एकै दिन ८ जनाको मृत्यु
बाँके । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण मङ्गलवार मात्रै ८ जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका बाँकेका ७ र बाहिरी जिल्लाका १ जनाको मृत्यु भएको हो ।
मङ्गलवार बेलुका ६ बजे नेपालगन्ज उपमहानगरपालिका २ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेकी ती महिलालाई १२ वैशाखमा कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी नेपालगन्जकै २६ वर्षीय युवासहित ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिलाको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
त्यसैगरी खजुराका १ जना तथा कोहलपुर, खजुरा, बैजनाथ र दाङका १–१ जनाको मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्