तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री ज्ञवालीद्वारा ६ देशबिचको भिडियो सम्मेलनलाई सम्बोधन

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसको रोकथामका लागि सहकार्य गर्नेसम्बन्धी आयोजित ६ देशीय भिडियो सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।

सम्बोधनमा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना भाइरसको रोकथाम र सङ्क्रमितको उपचारका लागि सुदृढ क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनुभएको मन्त्रालयले गरेको ट्विटमा उल्लेख छ ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भिडियो सम्मेलनमा ६ एसियाली राष्ट्र अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलंकाको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button