कञ्चनपुरमा लागु औषधि सहित २ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा लागु औषधिसहित २ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको आपताल बोडर आउट पोष्टबाट खटिएको टोलीले जिल्लाको पुर्नवास नगरपालिका– ४ काग्रिलडाँडा सीमा क्षेत्रबाट लागु औषधि नाईट्राभेट–१० का १ सय १४ ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका– ५ पवित्रावस्ती बस्ने १९ वर्षीय कमल दमाई र सोही ठाउँका १९ वर्षीय शिवराज भट्ट रहेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र बहादुर ऐरले बताउनुभयो ।पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती बुझाइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्