बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेजको प्रि-आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज ३ का २६ वर्षीय पुरुष, भेरी अस्पतालमा उपचाररत कोहलपुर १ की ६० वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुल्सीपुर ९ दाङकी ७४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट बाँकेका ९२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्