चट्टान फोडेर चौडा बनाइयो नाग्म–गमगढी सडक
जुम्ला । कडा चट्टान फोडेर नाग्म–गमगढी राजमार्गलाई चौडा बनाइएको छ । राजमार्गको जिअस्थित कडा चट्टानलाई फोडेर विगतको भन्दा करिब ३ मिटर चौडा सडक निर्माण गरिएको हो ।कठिन ढुङ्गाको चट्टानका बिचबाट खोलिएको सडक खण्डको चौडाइ पहिला ४ मिटर मात्रै थियो । गाडी साइट लगाउन सम्म नमिल्ने दुर्घटनाको जोखिम थियो । तर चट्टानलाई फोडेर हाल करिब ७ मिटर चौडा बनाएपछि यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।
क्रमिक रुपमा सुधार भईरहेको नाग्म–गमगढी सडक अन्तर्गत जिअ भिडको चट्टान फोडेपछि यात्रा झनै सहज हुने भएको छ । भने बुलबुल साइटमा सडक ग्राभेल पनि भइसकेको छ । रारा आउने पर्यटन तथा अन्य यात्रुको सहज यात्राका लागि सडक डिभिजन जुम्लाको लगानी र ठेकेदारको सक्रियतामा सडक स्तर वृद्धि द्रुत गतिमा भएको हो ।
यातायातमा डर लाग्ने विशेष गरी सार्वजनिक ठूला गाडीहरू हिँड्न कठिन जिअ मोडको जोखिम क्षेत्रमा करिब १ हजार आठ सय मिटर सडक सडक चौडा बनाइएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताउनुभयो ।
अन्य भागमा पनि सडक सुधार हुँदै
९३ किमी दुरी रहेको उक्त सडक खण्डको अन्य भागमा पनि स्तरबृद्दि कार्य तीव्र गतिमा भइरहेको छ । यो आर्थिक वर्षमा गाडी सजिलै गुड्ने गरी काम भइरहेको डिभिजन सडकले जनाएको छ । अधिकांश ठाउँमा दुई लेनको फराकिलो सडक निर्माण भएको छ । नाला निर्माण, पर्खाल निर्माण, ग्राभेलको काम धमाधम भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्