तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली र कञ्चनपुरमा रात्रिकालीन आवतजावतमा रोक

धनगढी । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि कैलाली र कञ्चनपुरमा रात्रिकालीन आवतजावतमा रोक लगाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरूको उपस्थितिमा आज बसेको संयुक्त बैठकले दुवै जिल्लामा राती ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि आवतजावत गर्नमा रोक लगाउने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
यसैगरी बैठकले भारतबाट फर्किने नेपालीहरूलाई गड्डाचौकी र गौरीफन्टा सिमानाकामा स्वास्थ्य परीक्षण गरी सम्बन्धित पालिकामा पठाउने, होल्डिङ्ग सेन्टर स्थापना गर्ने, जिल्लाभर छोटो दुरीका सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने, क्वारेन्टाइन, आइसोलेसन सेन्टरलाई सञ्चालनमा ल्याउने र सम्पूर्ण शैक्षिक संस्था बैशाष ३१ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।
यसैबीच कैलाली र कञ्चनपुर जिल्लाको सुरक्षा अधिकारीको टोलीले आज गौरीफन्टा पुगेर निरीक्षण गरेको छ । टोलीले सिमानाका नेपालीको आवतजावत, स्वास्थ्य चेकजाँच लगायतका विषयमा जानकारी लिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button