तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकाका प्रजिअ छलफलमै : साँझसम्म निर्णय हुने

काठमाडौँ । कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् ।

तीनै जिल्लाका प्रजिअ सम्मिलित बैठकमा कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न तत्काल के गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुुभयो । “अहिले हामी छलफलमै छौँ, बुँदागत रुपमा छलफल भइरहको छ”, उहाँले भन्नुभयो, “केही समयपछि आधारिकारिक निर्णय सार्वजनिक गर्छौं ।”

सङ्क्रमण बढ्दै गएपछि तत्काल आवश्यक कदम चाल्न जनस्वास्थ्यविद्ले सरकारलाई दबाब दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आइतबार शहरी क्षेत्रमा ५०० र पहाडी क्षेत्रमा २०० सक्रिय सङ्क्रमित पुुग्नेबित्तिकै निषेधाज्ञा जारी गर्ने अख्तियारी स्थानीय प्रशासनलाई दिन मन्त्रिपरिषद्समक्ष सिफारिश गरेको छ ।

आजै अपराह्न ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button