तपाईँ सुन्दै हुनुहुन्छः

बेदकोट नगरपालिका आजदेखि ७ दिनका लागि बन्द

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा आजदेखि ७ दिनका लागि बन्द गरिएको छ ।

नगरपालिकामा केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि नगरपालिकामा अति आवश्यक काम बाहेक अन्य सेवा बन्द गरिएको एक सूचनामार्फत नगरपालिकाले जानकारी दिएको छ ।

देशैभर कोभिड–१९ को दोस्रो लहर महामारीको प्रकोप बढिरहेको अवस्थामा स्थानीय निकायहरूले पनि सुरक्षाको दृष्टिकोणले व्यवस्था गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button