सप्तरीको कञ्चनरुपका विद्यालय अर्को सूचना नभएसम्मका लागि बन्द

सप्तरी । कोभिड –१९ को जोखिम बढ्दै गइरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै वैशाख १३ गतेदेखि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय, मदरसा, ट्युसन सेन्टर समेत अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रमुख वसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्