आगोलागी मुद्दामा फरार ५ वर्षपछी पक्राउ

तनहुँ । आगोलागी मुद्दामा फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले ५ वर्षपछी पक्राउ गरेको छ । आगो लगाएको मुद्दामा फरार रहेका जिल्लाको भानु नगरपालिका वडा नं ११ बस्ने ३४ वर्षिय हिरा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालतको मिति २०७२।०१।२७ गतेको फैसलाले ५ महिना १६ दिन कैद सजाय हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद भुक्तान नगरी हालसम्म फरार रहेका हिरा बहादुर कार्कीलाई आइतबार ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तोकिएको कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्