इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
काठमाडौँ । इराकको राजधानी बग्दादस्थित कोभिड बिरामीहरूको उपचार भइरहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ ।
आगलागीपछि अक्सिजन सिलिन्डर विस्फोट हुँदा १०० भन्दा बढी मानिस घाइते भएका छन् ।
आगलागीपछि अधिकांश बिरामीलाई अन्यत्र सार्नुपरेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको थियो भने कतिपयको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ ।
दशकौँदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरूको अवस्था अत्यन्त दयनीय छ ।







प्रतिक्रिया राख्नुहोस्