तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन कार्यक्रम कार्यतालिका सार्वजनिक

File Photo
काठमाडौँ । यही जेठ ६ गते हुने बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आयोगबाट आज निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
स्वीकृत कार्यक्रम कार्यतालिका निम्न बमोजिम रहेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
२०७८ वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने
वैशाख २२ र २३ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने ।
वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने ।
वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने ।
वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने ।
वैशाख २६ र २७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने ।
वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने ।
वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने ।
वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button