तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कुसुनविसौनाका वर्ष २० का भोला महतो र वर्ष २६ का सुनिल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्लाको मिथिला नगरपालिका नगरपालिका वडा नंं ८ कुसुमविसौनामा तीव्र गतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल दिउँसो एक आपसमा ठोकिदा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई उपचारको लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्का युवकको जानकी हेल्थ केयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परेर वर्ष २५ का सन्तोष महतो गम्भीर घाइते भएका र उनको उपचार लागढ अस्पतालमा भइरहेको छ । उता दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा लगिएको छ । मोटरसाइकल तीव्र गतिमा भएका कारणले ठोकिएर क्षतविक्षत भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button