तपाईँ सुन्दै हुनुहुन्छः

जर्जियाका सभामुखद्वारा राजीनामा

तिब्लिसी । जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।

“सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ,” उहाँले भन्नु भएको छ ।

सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उहाँले बताउनु भएको छ ।

सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहनु भएको थियो ।

उहाँ सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत हुनुहुन्छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button