तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

पाल्पा । पाल्पाको निस्दी ढुङ्गानाबेशीमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । गए राती भएको दुर्घटनामा पाल्पा निस्दी गाउँपालिका ४ का सहचालक टेक बहादुर जर्घाको निधन भएको प्रहरीले जनाएको छ ।
बेलौचिबाट ढुङ्गानाबेशीतर्फ आउँदै गरेको लु ४ त ६९८१ नम्बरको ट्याक्टरबाट सहचालक वर्ष १९ का टेक बहादुर जर्घा अचानक खस्दा ट्याक्टरको पछाडिको टायरले कुल्चिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button