भद्रपुरको सरकारी कार्यालय परिसरमा सुविधासम्पन्न सार्वजनकि शौचालय बन्दै

भद्रपुर, झापा। झापाको सदरमुकाम रहेको जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिकाभित्र सार्वजनिक शौचालय बन्ने भएको छ ।
रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा जिल्लाका अधिकांश सरकारी रहेको क्षेत्र ट्रेड युनियन चोक चन्द्रगढीमा निर्माण गरिन लागिएको शौचालयको नगरप्रमुख जीवनकुमार श्रेष्ठ र रोटरी भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले हिजो शुक्रबार संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
१५ लाख रुपैयाँको लागतमा दुई महिनाभित्र शौचालय निर्माण सम्पन्न गरिसक्ने योजना छ । शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले शौचालय निर्माणले जिल्लाभित्रबाट सरकारी सेवा लिन आउने नागरिकलाई सेवा पुग्ने बताउँदै शौचालय निर्माण कार्यका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
क्लवका अध्यक्ष पराजुलीले समाजसेवा क्लवको मुल दायित्व भएको उल्लेख गर्दै दुई महिनाभित्र शौचालय निर्माण गरिसक्ने बताएउनु भयो । सुविधासम्पन्न शौचालय भवनमा ६ वटा वाथरुम र ४ वटा युरिनल रहनेछ ।भद्रपुरको महेन्द्र पार्क परिसरमा शौचालय निर्माण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्