सिरहामा आगलागी हुँदा ६० लाख भन्दा बढीको क्षति

लहान । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ पर्सा टोलमा शुक्रवार साझ करिब ५ बजे भएको आगलागीले लाखौको क्षति भएको छ ।
स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाइका ८ घर – परिवारको धनमाल सम्पुर्ण रुपमा जलेर नष्ट भएको हो । सचिन्द्र साह , बिरेन्द्र साह , आनन्द साह , लाले साह , धिरेन्द्र साह , लछुराम साह र रामलोचन साहको घरमा रहेको आन्नपात , गरगहना , लत्ताकपडा , नगद , राईसमिल लगायत घरमा रहेको सम्पुर्ण सर- समान सहित करिब ६० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । घरमा कोई नभएको बेला आचानक आगलागी भएको वडा नम्बर- २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताउनुभयो ।
लहानबाट आएको बारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियोे । आगलागीको कारण पीडित परिवार बिचल्लीमा परेपछि तत्कालै गाउँपालिकाबाट राहत स्वरुप प्रती परिवार २५ केजी चामल ,२ केजी दाल , २ किलो नुन , १ लिटर खाने तेल , आधी किलो स्वाविन , २ वटा साबुन , १ हजार नगद , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्