तपाईँ सुन्दै हुनुहुन्छः

वसन्त ऋतु, सफा माैसम अनि सुन्दर धरहरा(फोटो फिचर)

काठमाडौं । २०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक धरहरा ६ बर्षपछि फेरि ठडिएको छ ।सुनको जलप लगाएको, टिलिक्क टल्किने गजुरसहितको धरहरा काठमाडौबासीले अब आफ्नै घरको कौसीबाट समेत देख्न सक्ने भएका छन् ।

२०७२ साल वैशाख १२ गतेको भुकम्पले ढलेको धरहरा

अत्याधुनिक प्रविधिबाट बनेको नयाँ धरहरा चढ्न लिफ्टसँगै परम्परागत भ¥याङको पनि प्रयोग गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा प्रधानमन्त्री ओलीले नै वैशाख ११ गते उद्घाटन गर्दै हुनुहुन्छ ।

पहिलाको धरहराको तुलनामा नयाँ धरहरा अत्याधुनिक र सुविधासम्पन्न रहेको छ । धरहरा चढ्न परम्परागत भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिए पनि भित्र भने २२ तलाको छ ।

सुनधारामा नवनिर्मित धरहरा । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस
सुनधारामा नवनिर्मित धरहरा । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

 

काठमाडौँ, १० वैशाख ः सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढानएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं। २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस
विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्को २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको धरहरा । यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने लक्ष्य साथ द्रूतगतिमा काम भइरहेको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button