तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

बझाङ । बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभएको छ ।
संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो ।
सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिए पछि  थप उपचारको लागि कोहलपुर  लाँदै गर्दा बाटोमै मृत्यु भएको समेत फोकल पर्सन जोशीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button