ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु
भद्रपुर, झापा । झापाको भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
भद्रपुर–१०स्थित मेची राजमार्ग अन्तरगत चाराआली केचना सडक खण्डमा आज बिहान मे १ क २६७ नम्बरको ट्रकले मे १ ख ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटीमा सवार भद्रपुर–९ निवासी ६७ वर्षीया गायत्रीदेवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी लडेपछि ट्रकको चक्काले किचेको थियो ।
प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि गइरहेको बताइन्छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्