कालिञ्चाेक क्षेत्रमा भारी हिमपात

कालिञ्चाेक, दाेलखा। दाेलखाकाे प्रसिद्ध कालिञ्चाेक मन्दिर क्षेत्रमा भारी हिमपात भएकाे छ । बिहीबार (आज)बिहान ५ बजेबाट झन्डै ४ घण्टा हिमपात भएकाे हाेटल सुनपातिका सञ्चालक हरि ओलीले बताउनुभयो ।
बुधवारबाट मौसममा बदली भएपछि बिहीबार बिहानैबाट हिमपात भएकाे हाेटल सञ्चालक ओलीले बताउनुभयो।कालिञ्चाेक मन्दिर क्षेत्रमा अहिले ५ सय भन्दा बढी पर्यटक रहेको हाेटल सुनपातिका मेनेजर विमल ओझाले बताउनुभयो।कोरोनाको दोस्रो लहर सुरूभएपछि कालिञ्चाेकमा पर्यटक घटेकाे ओलीले बताउनुभयो।
मौसम सफा भै नसकेकाेले पुनः हिमपातको सम्भावना रहेको स्थानीयले बताउनुभयो। अहिले कालिञ्चाेक क्षेत्रमा आधाफिट हिउँ जमेकाे सुनपातिका सञ्चालक ओलीले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्