‘पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि प्याकेजको तयारी’

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यून गर्न सरकारले विशेष प्याकेज ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै मन्त्री ढकालले अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनताले साथ दिएमा सरकारले लकडाउन नगरीकन कोरोना नियन्त्रणमा लिन सक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्