तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने बुझिएको छ ।

एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। तर माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button