तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा स्थानीय सरकार र प्रशासनको समन्वय बैठक बस्ने 

सप्तरी । सप्तरी जिल्लाका सम्पुर्ण पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा अबदेखि प्रत्येक महिनाको ३ गते बैठक बस्ने भएको छ ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको संयोजकत्व तथा प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको समन्वयमा आज छिन्नमस्ता गाउँकार्यपालिकाको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेका हो ।
विकास निर्माणमा पारदर्शिता र दैविक प्रकोप नियन्त्रण तथा शान्ति सुरक्षा, सुशासनलाई सुदृढ गर्ने उद्देश्यले आज सप्तरीका १८ वटै पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा सम्पन्न बैठकले समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।
बैठकमा सबै पालिकाका प्रमुखहरू, उपप्रमुखहरूलगायत सुरक्षा निकायका सम्पुर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button