नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्