झापाको भद्रपुर, काँकडभिट्टा र इलामको पशुपतिनगर नाका सिल
भद्रपुर, झापा । भारतको पश्चिम बङ्गालसँग जोडिएको पूर्वी नेपालको सीमा नाका सिल गरिएको छ ।
झापाको भद्रपुर, काँकडभिट्टा र इलामको पशुपतिनगर नाका ७२ घण्टाका लागि सिल गरिएको हो ।
भारतको पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी आज बिहानदेखि वैशाख ४ गते साँझ ६ बजेसम्मका लागि सीमा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको थापाले बताउनभयो ।








प्रतिक्रिया राख्नुहोस्