झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

भद्रपुर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दूधे खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ४ः०० बजे शिवसताक्षी नगरपालिका–११, दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर गोदावरी नगरपालिका–७ बस्ने २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको हो ।
दुर्घटनामा सोही एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भई बिर्तामोडको वीएण्डसी अस्पतालमा उपचार भइरहेको र एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्