सुनको मुल्यमा सामान्य बृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ । त्यस्तै चादी को मुख्य पनि तोलामा ३० रुपयाँ बढेको छ । आज चाँदीको मूल्य १२९० रहेको महासंघले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्