तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख भण्डारी प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित

काठमाडौँ । रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तथा रेडियो नेपाल सञ्चालक समिति सदस्य टिका भण्डारी प्रबल जनसेवाश्री चतुर्थ पदकबाट विभूषित हुनु भएको छ ।

गत बर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस गरिएअनुसार आज कार्यक्रम महाशाखा प्रमुख भण्डारी सहित ५ सय ९३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्नुभएको हो ।

गत वर्ष विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट १ सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २ सय, जनसेवाश्री प्रथमबाट १सय१०, अलङ्कारतर्फ १सय५५ र पदकतर्फ २८ गरी ६ सय ३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृह सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

email sharing button

प्रतिक्रिया राख्नुहोस्

Back to top button