अब घरमै बसेर आफ्नो जग्गा धनिपुर्जा, र कित्ता बारे बुझ्नुहोस्

काठमाडौं । सरकारले नयाँ वर्ष २०७८ सालको सुरुसँगै ‘मेरो कित्ता’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्बोधन गर्नुहुँदै सरकारले तत्कालै ‘मेरो कित्ता’ कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।
‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनिपुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत हेर्न सकिने छ ।
आधुनिकीकरणतर्फ र डिजिटल प्रयोगतर्फको सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको प्रधानमन्त्रीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्