तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा १९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ।कैलालीमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाेे छ ।

आज सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका १७ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । यस्तै हिजो पनि कैलालीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।

त्यसरी कोरोना संक्रमण पुष्टि भएकाहरू भारतबाट फर्किएका नेपाली रहेको बत्ताइएको छ । हाल कैलाली कोरोना सङ्क्रमणबाट गाेदावरी नगरपालिकाका ५० वर्षीय पुरुषको ज्यान गएको छ ।पछिल्ला दिनमा भारतबाट नेपालीहरू घर फर्कने क्रम बढेसँगै कैलालीमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकोले उच्च सजकता अपनाउनु पर्ने चिकित्सकको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button