छथर जोरपाटीमा १३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण

धनकुटा ।छथर जोरपाटी गाउँपालिका धनकुटाले १३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको छ ।
पालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अध्यक्ष तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरेर उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको पुनः स्थापना कार्यक्रमका सि.बि.आर.सहजकर्ता प्रदिप ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले ९ जनालाई ट्रिपोट स्टिक,२ जनालाई एङ्कल बाईन्डर,१ जनालाई वाकर र १ जनालाई ह्वाईट स्टिक प्रदान गर्नुभएको थियो ।
०७६ सालबाट शुुरु भई ३ बर्ष सम्म चल्ने यो अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सामाजिक बिकास प्रदेश मन्त्रालय,गाउँपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा सञ्चालनमा रहेको छ ।
चालु आर्थिक वर्षमा कार्यक्रमका लागि ५१ लाख खर्च गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।
हाल छथर जोरपाटी गाउँपालिकामा परिचय–पत्र वितरण गरिएका ३१० जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्