तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडा-९ मा करेन्ट लागेर दम्पतिको मृत्यु

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ बर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० बर्षीय अन्सु पाख्रिनलाई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन् पुगी करेन्ट लागेको र दुवैजनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनु भयो ।

मृतक दुबैजनाको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button