तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ५ जिल्लामा कफी खेती गर्न उपयुक्त वातावरण

सुर्खेत । कर्णालीका विभिन्न ५ जिल्लामा व्यावसायिक कफी खेती गर्न उपयुक्त वातावरण रहेको पाइएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रदेशमा व्यावसायिक रूपले कफी उत्पादन नभए पनि सुर्खेत लगायत केही जिल्लाका किसानले व्यक्तिगत प्रयोजनका लागि उत्पादन गरेको कफी खेतीबाट व्यावसायिक खेती गर्न ती जिल्ला उपयुक्त भएको देखिएको जनाएको छ बोर्डले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम जिल्लामा कफी खेती गर्न उपयुक्त रहेको बताएको हो ।
कफी उत्पादन गर्नका लागि हाल सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका बेर्ना बोर्डले उत्पादन गरिरहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताउनुभयो । उहाँले पहिलो चरणमा ती जिल्लामा डेढ लाख कफीका बेर्ना उत्पादन गरी विस्तृत परीक्षण गर्ने बोर्डको तयारी गरेको जनाउनुभयो ।
बोर्डले आगामी वर्षसम्म कर्णालीमै कार्यालय स्थापना गरी चक्लाबन्दीको अवधारणा अनुसार व्यावसायिक कफी खेतीमा अघि बढाउने योजना रहेको पनि उल्लेख गर्नुभयो ।
कर्णालीमा  अरबी जातको कफी फलाउने योजना बनाएको र पचास रोपनी भन्दा बढी जमिनमा कफी खेती गरेमा लागतको ५० प्रतिशत अनुदान समेत दिने व्यवस्था बोर्डले गरेको छ ।
६ वर्षअघि लेकबेंसी नगरपालिका–९ स्थित सहकारी मार्फत २ लाख ८० हजार रुपैयाँ लगानीमा तीन रोपनी जग्गामा करिब १ हजार ६ सय कफीका बिरुवा जनअपेक्षा सहकारीका कार्यालय प्रमुख छविलाल आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button