झापाको गौरादहमा आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट

झापा । झापाको गौरादह नगरपालिका–१ स्थित सितापुरी चोकमा आगलागी हुँदा अमरबहादुर श्रेष्ठको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट श्रेष्ठको काठपातले बनेको टिनको छाना भएको एकतले घर, भान्सा, गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा १५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायब निरिक्षक रमेशकुमार मेहताले जानकारी दिनुभयो ।
घरमा चुल्होमा खाना पकाउने क्रममा दाउराबाट बलेको आगोबाट अचानक घरमा आगलागी हुँदा एकतले घर, भान्सा, गोठ पूर्णरुपमा जलेर नष्ट भएको मेहताले जानकारी दिनुभयो ।श्रीमती उपचारको क्रममा घरबाट बाहिर जानुपरेको र आफू पनि अपाङ्ग रहेकाले खाना बनाउन चुल्होमा दाउरा लगाएर बाहिर आएको समयमा आगलागी भएको श्रेष्ठले बतानुभयो ।
आगलागीबाट मानवीय र पशु चौपायको भने क्षति नभएको प्रहरी नायब निरिक्षक मेहताले जानकारी दिनुभयो । गौरादह र दमकबाट आएको बारुणयन्त्रको सहायतामा आगो पूर्णरुपमा नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्