तपाईँ सुन्दै हुनुहुन्छः

सम्सी गाउँपालिकामा लगाइएको ताल्चा खुल्यो

बर्दिबास । महोत्तरीको सम्सी गाउँपालिकामा स्थानीयवासीले गरेको तालाबन्दी खुलेको छ । गाउँपालिकामा दक्ष, तथा अनुभवी प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै स्थानीयवासीले सोमवार तालाबन्दी गरेका थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्सी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शम्भु ठाकुरलाई पठाएपछि स्थानीयवासीले लगाइएको ताल्चा खोलिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष शेष फारुकले बताउनुभयो ।
उहाँले निमित्त प्रमुख प्रशासकीय अधिकृत आउँदा नियमित कामकाज गर्न समस्या हुने भएकोले प्रमुख प्रशासकीय अधिकृत नै पठाई दिन सङ्घीय मन्त्रालयलाई आग्रह गरेको बताउनुभयो ।
गाउँपालिकामा पटक पटक प्रशासकीय अधिकृत सरुवा भएपछि विकास निर्माण लगायत स्थानीयवासीले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button