तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले संसदलाई सक्रिय र प्रभावकारी बनाउँदै संसद् र संविधानको मूल्य मान्यता अनुरुप अघि बढाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा नेकपा एमालेका सांसद लालबाबु पण्डितले महत्त्वपूर्ण विधेयक सहित संसदमा पेश भएका ६५ वटा विधेयक र सन्धि सम्झौताको काम कारबाही अघि बढ्न नसकेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।उहाँले सरकारले सदनलाई बिजनेस दिएन भने पनि संसदमा पेश भएका विधेयक नै अघि नबढाएको र सरकारको विरोध मात्र गर्ने काम भइरहेको बताउनुभयो ।

सांसद पण्डितले संसद् र संसदीय व्यवस्थामाथि र सरकारमाथि प्रश्न उठे त्यो सभामुखमाथि पनि प्रश्न उठ्ने भएकाल ठोस पहलकदमीको निम्ति सभामुखको विशेष भूमिका रहने बताउनुभयो ।नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सिलन्यास र उद्घाटनमा व्यस्त भएपनि कुनै पनि आयोजना समयमा सम्पन्न नभएकोप्रति ध्यान नदिएको बताउनुभयो ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदलाई सक्रिय र प्रभावकारी बनाउँदै संसद् र संविधानको मूल्य मान्यता अनुरुप अघि बढ्नुपर्ने बताउनुभयो ।उहाँले जनतासामू दलले आफ्नो घोषणापत्र र प्रतिबद्धता अनुसार काम हुन नसकिरहेको भन्नुहुँदै मुलुकमा जनताको चासोतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद लिलादेवी सिटौलाले रेशम चौधरीको मुद्दालाई सत्ता लेनदेनको विषय बनाइएको र त्यसैलाई उठाएर जनता समाजवादी पार्टी फुटाउने खेल भइरहेको पनि बताउनुभयो ।सांसद प्रेम सुवालले म्यानमारको पछिल्लो राजनीतिक अवस्था र मानव अधिकारका विषय उठाउनुभएको थियो ।

यसअधि शून्य समयमा सांसदहरुले द्वन्द्व पिडित र वेपत्ता पारिएका व्यक्तिले न्याय पाउनुपर्ने, दलित परिवारमा भइरहेको विभेद, बर्दिया राष्ट्रिय निकुञ्जको बन्यजन्तुबाट कर्मचारी र जनता आक्रमण लगायतका विषय उठाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button