तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा एकै दिन थपिए १३ कोरोना संक्रमित

वीरगंज । वीरगंजमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगंजको नारायणी अस्पतालमा ल्याइएको ३५ जनाको स्वाब परीक्षण गर्दा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेहरूमा वीरगंज महानगरपालिका वडा नम्बर १३ मा २३, २५, २६, ३८ वर्षीय पुरुष, वडा नम्बर १० मा ३१ वर्षीय पुरुष, वडा नम्बर ६ मा २२, ४० वर्षीय पुरुष, वडा नम्बर ५ मा २०, २५, ३७ वर्षीय  पुरुषमा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिनुभयो ।
त्यसै गरी बाराको परवानीपुर वडा नम्बर ५ मा ३३ वर्षीय पुरुष, करैयामाई गाउँपालिका वडा नम्बर ५ मा २७ वर्षीय पुरुष र सर्लाहीको लालवन्दी नगरपालिका वडा नम्बर ९ मा ७० वर्षीय महिला समेत संक्रमण पुष्टि भएको डा.दासले जानकारी दिनुभयो ।
संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको डा. दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button