पानी ट्याङ्की फुटेर २ जनाको मृत्यु
बझाङ।बझाङको तलकोट गाउँपालिका १ चौडामा पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ बर्षिया गोकल कुँवरको घटनास्थलमै मृत्यु भएको हो । भने ४८ बर्षिया सुन्दरी देवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी सुन्दरी देवी कुवँरको अमिसा हस्पिटल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बनेको पानी टाङकीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजना अन्तर्गत सेती नदी बाट लिफ्टीङ गरेर गाँउमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थाले पछि एक हप्ता अघि मर्मत गरिएको थियो ।
मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुवँरले बताउनुभयो ।अमिसा हस्पिटलको लापरबाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो ।
थप उपचारको लागी अमिसा हस्पिटलमा ल्याएको तर डाक्टरले उपचारमा लापरबाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुवँरले बताउनुभयो। उहाँले भनुभयो डाक्टरले आफ्नो श्रीमतीलाई सुइ र सलाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भैसकेपछी हस्पिटलमा प्रवेश गरेकोले डाक्टरको लाप्रवाहीले श्रीमतीको मृत्यु बताएका छन् ।
यता हस्पिटलमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुइ र सलाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागी बिचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफ्न्तहरुले डाक्टरलाइ काबार्हिको माग गर्दै हस्पिटल क्षेत्र घेराउ समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्