तीन व्यापारिक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर
काठमाडौँ । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।
कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका व्यापारिक फर्ममा पर्साका जगदम्बा डिस्टिब्युटर प्रालि, बाराका हरिओम आयल स्टोर र हुलास स्टिल इन्डष्ट्रिज रहेका छन् ।
मुद्दा दायर गरिएका फर्ममध्ये जगदम्बा डिस्टिब्युटर प्रालिले राजश्व चुहावट गरेको, हरिओम आयल स्टोरले उपभोक्तालाई घटी तेल बिक्री गरेको र हुलास स्टिलले अनुमतिपत्र भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले उनीहरूलाई बारा र पर्सा जिल्ला अदालतमा हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले राससलाई जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्